चोरी भएका २३ वटा मोटरसाइकल धनीले पाए «

चोरी भएका २३ वटा मोटरसाइकल धनीले पाए

ट्राफिक प्रहरीले विभिन्न समयमा चोरी भई भेटिएका २३ वटा मोटरसाईकल सम्बन्धित धनीलाई बुझाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार विभिन्न समयमा चोरी भई भेटिएका २३ वटा मोटरसाईकल आफ्नै कार्यालयमा सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको हो । लकडाउनपछि खोजी गरि भेटिएका मोटरसाइकलहरू आज सम्बन्धित सवारी धनीलाई बुझाइएको एसएसपी जनक भट्टराईले जानकारी दिएका छन् ।
हस्तान्तरण गरिएका २३ मध्ये १२ वटा पल्सर मोटरसाईकल र ११ वटा अन्य कम्पनीका रहेका छन । एसएसपी भट्टराईले आफूहरू सवारी साधन चोरी हुनै नदिने अभियानमा लागि परेको पनि बताउनु भयो । सकेसम्म चोरी नै हुन नदिने, भए तत्काल खोजी सम्बन्धित सवारी धनीलाई बुझाउने आफूहरूको अभियाननै रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाले १५ दिनअघि पनि ५० वटा चोरी भएका मोटरसाईकल फेला पारी धनीलाई बुझाएको थियो । एसएसपी भट्टराईले हालसम्म चोरी भएका मोटरसाइकल करिब ७० प्रतिशत मात्रै भेट्ने गरेको पनि जानकारी दिए ।
महाशाखाले हाल काठमाडौं उपत्यका र त्यस वरपरका जिल्लामा मात्रै हराएको मोटरसाइकलको खोजी गर्दै आएको छ । अव भने त्यसको दायरा देशभर पु¥याउने योजना बनाइएको एसएसपी भट्टराईले बताउनु भयो । चोरी भएका सबै मोटरसाईकल पत्ता लगाउन पनि यसको खोजीको दायरालाई देशभर बनाउनुपर्ने अवस्था आएको महा बमखाले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्