खोप लगाउनेहरूको लाइन घटेन «

खोप लगाउनेहरूको लाइन घटेन

सरकारले कोभिड–१९ विरुद्धको खोपको सहज उपलब्धता गराउँदै व्यवस्थित रुपले लगाउने भनिरहे पनि संघीय राजधानीमै खोप लगाउनेहरूको भीड घटेको छैन ।
राजधानी काठमाडौंमा कोभिड–१९ विरुद्धको खोप लगाउने खोप केन्द्रहरूमा खोप लगाउनेहरूको भीड बढिरहेको छ । अव्यवस्थित रुपले खोप कार्यक्रम सञ्चालन गरिँदा खोपकेन्द्रबाटै कोभिड संक्रमणको जोखिम पनि बढेको छ । काठमाडौंमा विभिन्न खोप केन्द्रहरूबाट खोप निरन्तर लगाइएको छ, जहाँ लक्षित समूहका मानिसहरूको खोप लगाउन भीड लागेको छ । दिनभरि लाइनमा बस्दा पनि कतिपयले खोप लगाउन नपाएको गुनासोसमेत गरेका छन् । अर्कोतर्फ नागरिकले आफूहरूले खोप लगाउन नपाएको पनि बताएका छन् । थापाथलीस्थित प्रसूतिगृह खोप केन्द्रमा खोप लगाउन पुगेका सर्वसाधारणले आफूहरूले खोप लगाउन नपाएको गुनासो गरेका छन् । खोप लगाउन पुगेका गोपाल खनालले आफूलाई बिहानभरि लाइन बस्दा पनि खोपबाट वञ्चित गराईएको बताउनुभयो ।
सरकारले १८ वर्ष माथिका सम्पूर्ण नागरिकलाई निर्विवाद खोप लगाउने व्यवस्था मिलाउनुपर्ने उनले बताए । लक्षित समूह भनेर सरकारले नागरिकहरूलाई विभेद गरेको उहाँको भनाइ छ । खोपहुँचवालाले खोप लगाउन नपाउने र अरुले लगाउन नपाउने अवस्थाको अन्त्य गर्न उनले सरकारसँग माग गरे ।

प्रतिक्रिया दिनुहोस्