जडिबुटी व्यवसायी संघमा कडा प्रतिस्पर्धा «

जडिबुटी व्यवसायी संघमा कडा प्रतिस्पर्धा

नेपालगन्ज- नेपाल जडिबुटी व्यवसायी संघको २० औं साधारणसभाले अध्यक्ष र उपाध्यक्ष पदबाहेक बाँकी सबै पदमा आपसमा सहमति गरेर निर्विरोध रूपमा निर्वाचित गरेको छ ।
संघका सदस्यहरुबीच भएको सहमति अनुसार संघको महासचिवमा मोहम्मद रहीस हलवाई, कोषाध्यक्षमा मोहम्मद असलम हलवाई र सदस्यमा मोहम्मद शादाब हलवाई, हफिजुर्रहमान अन्सारी, सन्तोषकुमार बर्मा, अख्तर अली हलवाई, मोहम्मद इद्रीस हलवाई, मोहम्मद शमीम हलवाई, मोहम्मद आजम हलवाई निर्विरोध निर्वाचित भएका छन् ।
संघको अध्यक्ष र उपाध्यक्ष पदमा पनि निर्विरोध गर्ने धेरै प्रयास गरिए पनि ती पदका लागि दावेदारी गरिरहेका उम्मेदवारले ब्याक हुन नमान्दा मतदान गराउनु परेको संघका पूर्वअध्यक्ष राजेश जैनले बताए ।
उनले जडिबुटी व्यवसायीका समस्याहरु धेरै रहेकोले यस पटक सबैले एकजुट भएर अगाडि जानुपर्ने सुझाव दिएकाले सबै पदमा सहमति गरेर व्यावसायिक एकताको सन्देश दिन खोज्दा अध्यक्ष र उपाध्यक्ष पदका आकांक्षीहरुले नमानेपछि मतदानमा जानु परेको बताए ।
अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष मोहम्मद याकुब अन्सारी र निवर्तमान उपाध्यक्ष शकिल अहमद जसगढबीच कडा प्रतिस्पर्धा देखिएको छ । दुवैले आ–आफ्नो जितको दाबी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्