वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा केडिया निर्विरोध «

वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा केडिया निर्विरोध

वीरगन्ज– नेपालको निजीक्षेत्रमा निकै महत्वपूर्ण भूमिका रहेको वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा गोपाल केडिया निर्विरोध चयन भएका छन् । ३५ जना कार्यसमितिमा आइतबार सम्पन्न संघको निर्वाचनमा पदाधिकारीहरूमा कोषाध्यक्ष बाहेक सबै निर्विरोध निर्वाचित भएका छन् ।
संघको प्रथम उपाध्यक्षमा सुवोध गुप्ता, द्वितीय उपाध्यक्षमा अनिलकुमार पटवारी, महासचिवमा माधव राजपाल, सचिव वाणिज्यमा अरविन्द अमात्य, उद्योगतर्फ मनोज दास चयन भएका छन् । त्यस्तै सहसचिव वाणिज्यमा प्रेमचन्द्र गोयल र उद्योगमा आशिष लाठ सहकोषाध्यक्षमा गोविन्दकुमार साह चयन भएका छन् । कोषाध्यक्षमा रवीन्द्रकुमार वर्णवाल निर्वाचित भएका छन् । पदाधिकारीहरूमा कोषाध्यक्षका लागि भने दीपक डिवडेवाल र रवीन्द्रकुमार वर्णवाल दुईजनाको उम्मेदवारी परेपछि मतदान प्रक्रियामार्फत कोषाध्यक्ष चयन गरिएको हो । कार्यसमितिका ३५ जना मतदाता रहेकोमा वर्णवालको पक्षमा २० मत र डिवडेवालको पक्षमा जम्मा १२ मत मात्रै खसेको थियो । मतदानमा तीनजना अनुपस्थित रहेको निर्वाचन अधिकृत अधिवत्ता बालमुकुन्द खरेलले जानकारी दिए । आर्थिक राजधानी भनेर चिनिने वीरगन्जको अर्थकर्मीहरूको छाता संगठन वीरगन्ज उद्योग वाणिज्य संघको निर्वाचनलाई निर्क महत्वका साथ हेरिने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्