कृतिम बुद्धिमता ले स्वास्थ्य र अन्य क्षेत्रहरुमा नयाँ अवसरहरु सिर्जना गर्दछ: विशेषज्ञ «

कृतिम बुद्धिमता ले स्वास्थ्य र अन्य क्षेत्रहरुमा नयाँ अवसरहरु सिर्जना गर्दछ: विशेषज्ञ

परम्परागत प्रविधि ले ल्याउन‌ नसक्ने अवसर अब कृतिम बुद्धिमता (एआई) ले ल्याउने भएको छ जसको उपयोग स्वास्थ्य क्षेत्र लगायत वर्तमान र भविष्यका चुनौती का सामना गर्न का निम्ति गर्न सकिन्छ। यस्तै राय विशेषज्ञहरुले सुझाएका छन्।

“एआईले मानिसहरुलाई प्रतिस्थापन नगरी विभिन्न क्षेत्रमा नयाँ अवसरहरु सिर्जना गर्दछ। यो तथ्याङ्क मा आधारित भएर कार्य गर्दछ। यदि हामी मेशिनहरुलाई प्रशिक्षित गर्न सक्यौं भने यसले मिलिसेकेन्ड मा प्रक्रियाहरु लाई स्वचालित गरेर आश्चर्य चकित उपलब्धि प्रदान गर्न सक्दछ। यसबाट कोविड १९ लगायत अन्य रोगको निदान गर्न सकिनेछ। दुर्गम क्षेत्र जहाँ पर्याप्त स्वास्थ्य सुविधाहरु उपलब्ध हुनसक्दैनन्, त्यहाँ यस प्रविधिको प्रयोग गर्न सकिन्छ। यसको सफलताको लागि यो प्रविधि धेरै भन्दा धेरै मानिस सम्म पुगाउन जरुरी छ।” विज्ञान र प्रविधि सञ्चार परिषद र विज्ञान प्रसार का लागि राष्ट्रीय द्वारा आयोजित अनलाइन डीएसटी आजादी का अमृत महोत्सव प्रवचन श्रृंखला नयाँ भारत @७५, मा सचिव, विज्ञान र प्रविधि विभाग (डीएसटी)का प्राध्यापक आशुतोष शर्मा ले भन्नुभयो।

उनले पछिल्लो बर्षहरुमा डीएसटीले धेरै प्रगति गरेको बताउनुभयो। जसबाट आधारभूत प्रविधि को विकास हुनगयो, र छिटो गति मा आउन सक्ने चुनौतिहरुको सामना गर्न को लागी विज्ञान, प्रविधि र नवाचार मा आधारित समाधान ल्याउन योजना निर्माण गर्न सहज हुनपुग्यो।

” यस्ता नँया र प्रभावकारी प्रविधी को उद्भव ले एकै साथ नयाँ चुनौतिहरु र नँया अवसरहरु लाई प्रस्तुत गर्दछ। डीएसटी देशको प्रगति र विकास को लागी युवा प्रतिभा को मद्दत गर्ने, पोषण र बृद्धि गर्ने एक नर्सरी हो।”

एआई को प्रयोग ले भारतमा ठूलो अवसर सृजना गर्न सकिन्छ। एआई ले विभिन्न क्षेत्र मा रोजगार को नँया अवसर ल्याउन सक्नेछ।

नीति आयोगका वरिष्ठ सल्लाहकार, अन्ना राय ले एआईलाई देश को विभिन्न चुनौतिहरु को लागी प्रभावी ढंगले प्रयोग गर्न सकिने बताएकी छिन्।

“भारतसँग धेरै चुनौतिहरु छन्। तर हामी आईटी पेशेवरहरु, शिक्षाविद्हरु, र जनसांख्यिकीय लाभांश बाट पनि धनी छौं। यदि हामी यिनीलाई देश को प्रगति र विकास को लागी प्रयोग गर्न सक्यौं भने यी सबै हाम्रा लागि वरदान साबित हुन सक्छ।” उनले भनिन्।

उनले नीति आयोगले देशका विभिन्न समस्याहरुको पहिचान गर्न र भारतको भावी योजनाका बारे सुझाव दिन महत्वपूर्ण भूमिका खेलेको बताइन्।

“नीति आयोग सरकार र देश को लागी एक अग्रणी बुद्धिजीवी को रूप मा कार्य गर्दै आएको छ। विज्ञान र प्राविधिक संयंत्र को विकासका लागि नीति आयोग ले विभिन्न नीतिहरु बनाईरहेको छ। प्रत्येक क्षेत्र मा देश को प्रगति र विकास को लागी उद्योग र शिक्षालाई साथ लिदै योजना निर्माण गर्दै आएको छ।” उनले जोड दिएर भनिन्।

स्रोत : इन्डिया न्युज नेटवर्क

प्रतिक्रिया दिनुहोस्