शंकर ग्रुपले रियलमीका स्मार्टफोन भित्र्याउने «

शंकर ग्रुपले रियलमीका स्मार्टफोन भित्र्याउने

रियलमीले आफ्नो बजारीकरण सशक्त पार्दै नेपाली उपभोक्तामाझ उत्कृष्ट श्रेणीका उत्पादनहरु प्रस्तुत गर्ने घोषणा गरेको छ । रियलमीले विश्वकै उत्कृष्ट प्रविधियुक्त स्मार्टफोनहरु विभिन्न मूल्य श्रेणीमा नेपाली बजारमा ल्याउने तयारी गरेको जानकारी दिएको हो ।
आगामी दिनमा रियलमीका स्मार्टफोन शंकर ग्रुपले ल्याउने भएको छ । भारतमा फाइभजी स्मार्टफोनमध्ये २०२१ को दोस्रो त्रैमासिकमा रियलमीको हिस्सा २३ प्रतिशत छ ।
सन् २०२२ सम्ममा रियलमीलाई नेपाली स्मार्टफोन बजारमा उत्कृष्ट दुईमा पु¥याउने लक्ष्य लिएको उनले बताए । कम्पनीले दिएको जानकारी अनुसार विश्वबजारमा यस वर्ष रियलमीको बिक्री एक सय ३५ प्रतिशतले बढेको छ । रियलमीको उत्पादन श्रेणीमा उत्कृष्ट फोजी फ्ल्यागसिपहरु रियलमी एक्स–३ र एक्स–३ सुपरजुम, रियलमी सी–११, रियलमी सी–१२ तथा रियलमी सी–१५ हुन् ।

प्रतिक्रिया दिनुहोस्