मन्त्रीद्वारा सचिवमाथि हातपात «

मन्त्रीद्वारा सचिवमाथि हातपात

प्रदेश नम्बर २ का एक मन्त्रीले अर्को मन्त्रालयका सचिवमाथि हातपात गरेका छन् । आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आफ्नै कार्यकक्षमा बोलाएर उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई हातपात गरेका हुन् ।
मन्त्रीले सचिवलाई आफूले भनेको एनजीओलाई पैसा नदिएको भन्दै हात हालेको बताइएको छ । स्रोतका अनुसार रकमको विषयमा उनीहरुबीच विवाद भएको थियो । आफ्नो एनजीओलाई सशर्त अनुदानअन्तर्गतको ‘गरिबी निवारणका लागि उद्यम कार्यक्रम’का लागि छनोट नगरेको भन्दै मन्त्री सचिवसँग आक्रोशित भएका थिए । मन्त्री र सचिवबीच यसअघि पनि विवाद देखिएको थियो ।
कुटाइ खाने सचिवलाई मन्त्रीको निर्देशनमा प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्