प्रभु क्यापिटल र मकर जितुमाया सुरी हाइड्रोपावरबीच सम्झौता «

प्रभु क्यापिटल र मकर जितुमाया सुरी हाइड्रोपावरबीच सम्झौता

मकर जितुमाया सुरी हाइड्रोपावरले प्रभु क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो हाइड्रोपावरको प्रारम्भिक सेयर निष्काशन तथा बिक्रीका लागि दुई कम्पनीबीच सम्झौता भएको हो । हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष हिमाल गुरुङ र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले रुपमा हस्ताक्षर गरेका छन् ।
कम्पनीले प्रारम्भिक सेयर निष्काशनका लागि कुल जारी पुँजी ७६ लाख कित्ताको ३० प्रतिशत अर्थात २२ लाख ८० हजार कित्ता प्रारम्भिक सेयर निष्काशन गर्ने भएको छ । यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि १५ करोड २० लाख कित्ता सेयर निष्काशन गर्ने बताइएको छ ।
सो कम्पनीले निर्माण गरीरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको समेत लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्