सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बिमा दाबी रकम हस्तान्तरण «

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बिमा दाबी रकम हस्तान्तरण

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र सिटिजन लाइफ इन्स्योरेन्सको साझेदारीमा स्व. रुपा परियारको परिवारलाई म्यादी जीवन बिमाबापत रकम हस्तान्तरण गरिएको छ ।
उक्त वित्तीय संस्थाको सदस्य रहेकी परियारको गत फागुन ८ गते निधन भएको थियो । परियारको परिवारलाई ४ लाख ८४ हजार ६ सय ४९ रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्