चौधरी ग्रुपले टेलिकममा २५ अर्बभन्दा धेरै लगानी गर्ने «

चौधरी ग्रुपले टेलिकममा २५ अर्बभन्दा धेरै लगानी गर्ने

मुलुकको टेलिकम क्षेत्रमा नेपाली लगानीकर्ताले नै ठूलो लगानी गर्ने तयारी गरेका छन् । लगानी बोर्डले नेपालमा लगानी प्रबद्र्धन गर्न लगानी सम्मेलनको तयारी गरिरहेका बेला नेपाली लगानीकर्ताबाटै टेलिकम क्षेत्रमा अर्बौंको लगानी गरिन लागेको हो । यसले अन्तर्राष्ट्रियकर्ताहरूसमक्ष नेपाल लगानीका लागि उपयुक्त देश रहेको सन्देश जाने विश्वास गरिएको छ ।
नेपालको एकमात्र बहुराष्ट्रिय समूह चौधरी ग्रुपले स्वदेशी टेलिकम क्षेत्रमा कम्तिमा २५ अर्बभन्दा बढी लगानी गर्ने तयारी गरेको छ । स्वदेशी लगानीकर्ताले टेलिकम क्षेत्रमा गर्ने यो नै सबैभन्दा ठूलो लगानी हो । नेपाल टेलिकम सरकारी स्वामित्वमा रहेको कम्पनी हो भने एनसेलनमा ८० प्रतिशत लगानी विदेशी लगानीकर्ताको छ ।
चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले विश्व बजारमा उपलब्ध सबैभन्दा पछिल्लो पुस्ताको प्रविधिमा आधारित रहेर टेलिकम कम्पनी स्थापना गर्ने योजना कार्यान्वयन गर्न लागिएकाले लगानीको आकार ठूलो हुने बताए । “हामी नेपालमा नै धेरैभन्दा धेरै लगानी गर्न चाहान्छौ“,” चौधरीले भने, “टेलिकम क्षेत्रमा गर्न लागिएको ठूलो आकारको लगानी त्यसकै एउटा अंश हो ।”
चौधरी ग्रुपले सिजी टेलिकमको ब्राण्डमा नया“ टेलिकम कम्पनी सञ्चालन गर्ने अन्तिम तयारी गरिरहेको छ । नेपाल सरकारले टेलिकम कम्पनी सञ्चालनका लागि स्वीकृति दिइसकेकाले निकट भविष्यमै नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम सञ्चालनका औपचारिक प्रक्रिया पूरा गर्ने विश्वास सिजी टेलिकमको छ ।
बजारमा सिजी टेलिकमको प्रवेशस“गै टेलिकम उपभोक्ताले प्रतिस्पर्धी बजारमा आकर्षक सेवाहरू प्राप्त गर्ने विश्वास गरिएको छ । प्रबन्ध निर्देशक चौधरीले सिजी टेलिकमले निःशुल्क भ्वाइस र कम्तिमा हालको तुलनामा ५० प्रतिशत सस्तो दरमा डाटा पाउने जानकारी दिए । भारतीय बजारमा जियोको प्रवेशपछि टेलिकम बजारमा आएको हलचलजस्तै सिजी टेलिकमको आगमनले नेपाली उपभोक्तालाई अविश्वसनीय सेवा उपलब्ध गराउने दावी चौधरीको छ ।
प्रवन्ध निर्देशक चौधरीले मध्यम र त्योभन्दा तल्लो आर्थिक हैसियतमा रहेका नेपाली नागरिकलाई प्राथमिकतामा राखेर टेलिकम कम्पनी सञ्चालनको योजना बनाइएको जानकारी दिए । “हाम्रो प्राथमिकता गाउ“ र दुर्गम वस्तीका युवा एवं विद्यार्थीहरू हुनेछन्, उनीहरुलाई उनीहरूकै आर्थिक हैसियतअनुसार डाटा उपलब्ध गराएर नेपालको ग्रामीण समाजको आर्थिक जीवमा रूपान्तरण ल्याउनमा हामी योगदान गर्न चाहान्छौं,” सिजी टेलिकम बिजनेसमात्रै नभएर सामाजिक रूपान्तरणमा गरिएको लगानीका रूपमा समेत स्वीकार गरिएको चौधरीले बताए ।
पछिल्लो समयमा विश्वमै टेलिकम सेवा भ्वाइसमाभन्दा डाटा सेवामा केन्द्रित हुँदै गएका छन् । जसका कारण टेलिकमबाट पाउने सेवाकै परिभाषा बदलिन लागेको छ । विश्वव्यापी रूपमा यो परिवर्तन आइसक्दा पनि नेपालमा भने टेलिकम कम्पनीहरूको प्राथमिकता भने भ्वाइसकै व्यापारमा रहेको छ । “हामी विश्वले अपनाइरहेको सबैभन्दा अत्याधुनिक प्रविधिलाई नेपालमा कार्यान्वयनमा ल्याउनेछौं जसको प्रत्यक्ष फाइदा विशेषगरी नया“ पुस्ताले पाउनेछ,” चौधरीले भने ।
सिजी टेलिकमको बजार प्रवेशस“गै नेपालका टेलिकम अपरेटरहरूबीच सेवाको गुणस्तर र मूल्यमा प्रतिस्पर्धा हुने विश्वास गरिएको छ । यसबाट नेपाली उपभोक्ताले प्रत्यक्ष लाभ पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्