वार्षिकोत्सवमा हिरोको छुट «

वार्षिकोत्सवमा हिरोको छुट

हिरो मोटोकर्पले स्थापनाको १०औं वर्ष पूरा गरेको छ । वार्षिकोत्सवको अवसरमा नेपालको लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारीक बिक्रेता नेपाल जनरल मार्केटिङले ग्राहकहका लागि विभिन्न कछुटसहितका योजना सार्वजनिक गरेको छ ।


यस योजनाअन्तर्गत हिरोको कुनैपनि मोटरसाइकल वा स्कुटरको खरिदमा पाँच हजार रुपैयाँ छुट उपलब्ध गरिएको कम्पनीले जनाएको छ । त्यसैगरी सर्भिसिङमा ५० प्रतिशत छुट साथै स्पेयर पार्टसमा १० प्रतिशतसम्म छुट र निःशुल्क वासिङ पाइने छ । यो योजना यही साउन २५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्