Logo

नेपाल सुनचाँदी व्यवसायी महासंघ र गेटवे पेमेण्टबीच सम्झौता

नेपाल सुनचाँदी व्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपालबीच भुक्तानी सेवा सम्वन्धी सम्झौता भएको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्य र गेटवे पेमेण्ट नेपालका सल्लाहकार अशोककृष्ण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
दुई संस्थाबीच भएको यो सम्झौता पश्चात सुनचाँदी व्यवसायीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बिक्री गर्ने गरगहनाको भुक्तानी डिजिटल प्रणालीमार्फत लिन सक्नेछन् । यो सम्झौतासँगै अब सुनचाँदीका गरगहनाको खरिद पश्चात अनलाइन बैंकिङ, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ, वालेट एवं डोमेस्टिक तथा इन्टरनेशनल कार्डमार्फत रकम भुक्तानी गर्न थप सहज हुनेछ । यसले उपभोक्ता र व्यवसायी दुपै पक्षलाई फाइदा पुग्ने विश्वास लिइएको छ ।
यसका लागि गेटवे पेमेण्ट नेपालले सहजकर्ताको रुपमा काम गर्ने छ । यो सम्झौताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा गरगहनाको बिक्री गरी त्यसको भुक्तानी डिजिटल प्रणालीमार्फत सहजै गर्न सकिने भएकाले यो प्रणाली व्यवसायी एवं उपभोक्ता दुवै पक्षका लागि लाभदायी हुन सक्ने महासंघका अध्यक्ष शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस्