फक्सवागनले बेच्यो वर्षमै १ करोड कार «

फक्सवागनले बेच्यो वर्षमै १ करोड कार

लन्डन-गत वर्ष फक्सवागनले १ करोड ८ लाख कार बिक्री गरेको छ । यद्यपी यसमा १ लाख मात्रै विद्युतीय रहेका छन् ।
विश्वव्यापी अटो निर्माताहरुले दसौ अर्ब डलर विद्युतीय कार र सम्बन्धित प्रविधिमा खर्च गरेकाले ठूलो चुनौतीको सामना गर्नु परेको युरोपकै अग्रणी कार कम्पनीले जनाएको छ ।
अउडी, पोर्सच र स्कोडा पनि समावेश भएको फक्सवागन ग्रुपले गत वर्ष ४० हजार कुल आपूर्तिको ०.४ प्रतिशत मात्रै विद्युतीय कार बिक्री गरेको थियो । प्लग–इन– हाइब्रिड कारलाई समेत समावेश गर्ने हो भने यो तथ्यांक १ लाख अर्थात ०.९ प्रतिशत हुन आउछ ।
प्रतिद्वन्द्वी जर्मन अटो निर्माता बीएमडब्लूले भने फक्सवागनको तुलनामा राम्रो गरेको छ । यसले गत वर्ष झन्डै १ लाख ४३ हजार विद्युतीय सवारी बिक्री गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशत बढी हो । यो पनि समूहको कुल बिक्रीको ६ प्रतिशत मात्रै हो ।
अटो उद्योगका विश्लेषक र एस्टोन बिजनेस स्कुल संयुक्त अधिराज्यका प्राध्यापक डेभिड बैलीले विद्युतीय कारको मामिलामा फक्सवागन रिनाउल्ट र निशान लगायतका प्रतिद्वन्द्वीको तुलनाम पछि परेको बताएका छन् ।
कम्पनीले असफल भएको डिजेल कारमा ठूलो परिमाणमा लगानी गरेको उनले बताए । फक्सवागनको प्रदूषण काण्डपछि डिजेल कारको बिक्री ओरालो लागेृकोतर्फ इंगित गर्दै उनले यस्तो बताएका हुन् ।
बिक्रीका आधारमा सर्वाधिक ठू्लो कम्पनीमा टोयोटा र रिनाउल्ट–निशान–मित्सुबिसीको गठबन्धनसँग प्रतिस्पर्धा गरिरहेको छ । हाल यी कम्पनीहरुले फक्सवागनको हाराहारीमा आफ्नो बिक्रीलाई पु-याउन लागेका छन् ।
नोभेम्बरमा फक्सवागनले २०२३ सम्ममा विद्युतीय कार, स्वचालित कार र अन्य नयाँ प्रविधिको विकासका लागि ४४ अर्ब युरो अर्थात ५० अर्ब अमेरिकी डलर लगानी गर्ने जनाएको थियो । यो रणनीतिलाई सीईओ हर्बर्ट डिसेले ‘इलेक्ट्रिक अफेन्सिभ’ को नाम दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्