निषेधाज्ञामा उपभोक्तालाई खाद्यान्नमा छुट दिएको ९० लाख निकासा

कोेभिडको संक्रमण नियन्त्रण गर्न गरिएको निषेधाज्ञाको बेला उपभोक्तालाई खाद्यान्न छुट दिएको रकम अर्थतन्त्रालयले निकासा गरेको छ ।
चालु आर्थिक वर्षको बजेटमार्फत निषेधाज्ञाको अवधिमा उपभोक्तालाई खाद्यान्न खरिदमा २० प्रतिशत छुट घोषणा गरिएको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट्र ट्रेदिंग कर्पाेरेशनमार्फत खाद्यान्न खरिद गर्दा छुटको व्यवस्था गरिएको थियो । छुटवापत पहिलो चरमा ८९ लाख ८६ हजार रुपैयाँ निकासा गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
अर्थमन्त्रालयले खाद्यान्नमा छुट दिदा २० प्रतिशत कम्पनी आफैंले र ८० प्रतिशत सरकारले बेहोर्ने निर्णय गरेको थियो ।
सो अनुसार दुई कम्पनीले जेठ २१ देखि असारको पहिलो सातासम्म खाद्यान्नमा २० प्रतिशतका दरले छुट दिएका थिए ।
खाद्य कम्पनीको छुट दिएको १ करोड ७३ लाख ४७ हजार २ सय ७७ रुपैयाँ बिक्री गरेकोमा ८० प्रतिशतका दरले १ करोड ३८ लाख ७७ हजार ८ सय २१ रुपैयाँ सरकारले भुक्तानी पर्ने थियो । जसमा पहिलो चरणमा जेठ २१ देखि ३१ गतेसम्मको ८१ लाख ३६ हजार ४ सय ४५ रुपैयाँ निकासा भएको मन्त्रालयले जानकारी दिएको छ । एक हप्ताको ५७ लाख ८१ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
यस्तै साल्ट्र टेडिङ्ग कर्पाेरेशनको १८ लाख ४५ हजार रुपैयाँको खाद्यान्न छुटमा बिक्री गरेका थिए । जसमा १४ लाख ७३ हजार ६ सय ७५ सरकारले र ३ लाख ६८ हजार ४ सय कम्पनी आफैले बोहोरनुपर्ने थियो । ८ लाख ६० हजार रुपैयाँ निकासा भएको र ६ लाख १३ हजार ६ सय ४२ रुपैयाँ बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ । सरकारको निर्देशनमा निषेधाज्ञाको बेला उपभोक्तालाई राहत दिन दुई वटा कम्पनीले छुटमा खाद्यान्न वितरण गरेका थिए ।
कर्पाेरेसनले सूर्यविनायक, जडीबुटी, जावलाखेल, कालीमाटी र सतुंगलमा बिक्री केन्द्रबाट २० प्रतिशत छुटसहित पिठो ४४ रुपैयाँ, चिनी ६३.२० रुपैयाँ, नुन १६ रुपैयाँ, भटमासको तेल १ सय ८८ रुपैयाँ र खाना पकाउने एलपी ग्यास १ हजार १ सय २० रुपैयाँमा उपभोक्तालाई बिक्री गरेको थियो ।
खाद्य कम्पनीले आफ्ना बिक्री केन्द्रबाट कर्णालीको सिमी ९६ रुपैयाँ र विभिन्न प्रकारका चामलमा २० प्रतिशत छुट दिएको थियो । साल्ट ट्रेडिङको अनुसार यो अवधिमा ४ लाख ८ हजार रुपैयाँ बराबरको २५ हजार ५ सय १ किलो नुन, १९ लाख २५ हजार रुपैयाँ बराबरको ३० हजार चार सय ६० किलो चिनी, ६ लाख ३७ हजार रुपैयाँ बराबरको १४ हजार ४ सय ८६ किलो पिठो बिक्री भएको छ । त्यस्तै, २४ लाख ४४ हजार रुपैयाँ बराबरको १३ हजार चार लिटर भटमासको तेल र १९ लाख २६ हजार रुपैयाँ बराबरको १७ सय २० सिलिन्डर एसटिसी ग्यास बिक्री गरेको छ ।
खाद्य कम्पनीले छुट मूल्यमा कुल ६ करोड ९१ लाख ३४ हजार २ सय ४६ रुपैयाँको कारोबार भएको छ । कम्पनीले छुट मूल्यमा प्रतिव्यक्ति १ बोरा चामल र २ किलो कर्णालीको सिमी बिक्री गरेको थियो । प्रतिबोरा चामलमा करिब ३ सय रुपैयाँ छुट भएकाले चामल खरिदमा उपभोक्ताको आकर्षण धेरै थियो ।