ढुंगानालाई निलम्बन गरी छानबिन गर्न कर्मचारीको माग «

ढुंगानालाई निलम्बन गरी छानबिन गर्न कर्मचारीको माग

सर्वोत्तम सिमेन्टको सेयर खरिद विवादमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरी छानबिन गर्न कर्मचारीहरूले माग गरेका छन् ।
बोर्डको कर्मचारी युनियनले आइतबार विज्ञप्ति जारी गर्दै अध्यक्षको इमान्दारिता, कानुनी प्रावधान, आचार संहिताअनुसार गम्भीर नैतिक पतन देखिएको हुँदा छानबिन गरी दोषी देखिएकालाई हदैसम्मको कारबाही गर्न माग गरेको हो ।
अध्यक्ष ढुंगानाले बुक बिल्डिङमार्फत साधारण सेयर निश्कासन गर्ने तयारी गरिरहेको सर्वोत्तमले सिमेन्टको सेयर खरिद गरेको सार्वजनिक भएको थियो । तर, अर्थ मन्त्रालयले बोर्ड पदाधिकारीको व्यक्तिगत विषयमा पूरै संस्थालाई मुछेर स्पष्टीकरण पत्र लेखिएको भन्दै युनियनले आपत्ति जनाएको हो ।
मन्त्रालयले गत बुधबार तीन दिनको समय दिएर बोर्डलाई स्पष्टीकरण सोधेको थियो । बोर्डले आइतबार नै अर्थ मन्त्रालयमा पत्र पठाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्