नेकपा(एमाले) ले सदस्यताको नवीकरण गर्ने «

नेकपा(एमाले) ले सदस्यताको नवीकरण गर्ने

नेकपा(एमाले)ले साउन २७ गतेभित्र पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ । आइतबार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गर्ने समय सिमा साउन २३ गतेसम्मलाई तोकेको महासचिव ईश्वर पोखरेलले बताए ।
उनले भने, ‘भदौ २७ र २८ गते हामी विधान महाधिवेशन गर्दैछौँ । विधान महाधिवेशनको लागि सदस्यता नविकरण, अद्यावधिक गर्ने कुरा टुंग्याइसक्नुपर्ने भएकोले निर्णय गरेको छ ।’
महासचिव पोखरेलले असोज ३ गते वडा तहको अधिवेशन गर्ने र असोज ९ गते पालिकास्तरको अधिवेशन गरिने पनि बताए । विधान अधिवेशनको सम्बन्धमा थप निर्णय गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बोलाइएको उनले बताए । एमाले स्थायी कमिटी बैठक सोमबार पनि बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्