माओवादीको केन्द्रीय कमिटी बैठक साउन ३० देखि

नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक १० दिन पर सारेको छ । साउन २० गतेदेखि काठमाडौंमा बस्ने भनिएको बैठक साउन ३० गतेसम्मका लागि सारिएको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘आवश्यक तयारी नपुगेको र पछिल्लो घटनाक्रमका कारणले बैठक सार्ने निर्णय गरेका हौं,’ उनले भने । स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र देशैभर रहेका वडा कमिटीको गठन र अद्यावधिक विवरणसहित केन्द्रीय कमिटी बैठकमा पेश गर्ने गरी प्रदेशका केन्द्रीय सदस्यलाई निर्देशन समेत दिने निर्णय गरेको छ ।
बैठकले केही दिनअघि महाकाली नदीमा भारतिय एसएसबीले नेपाली नागरिक तर्दातर्दैको तुइन काटिदिएका कारण एकजना बेपत्ता भएको घटनाको तत्काल छानविन गरी दोषीउपर कारबाही गर्न माग गरेको छ ।