कामु प्रधानसेनापतिमा शर्मा नियुक्त «

कामु प्रधानसेनापतिमा शर्मा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् ।
सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बलाधिकृत रथी शर्मालाई आइतबार कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् ।
प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको तीन वर्षे पादवधि मिति भदौ २४ गतेबाट समाप्त हुने भई अनिवार्य अवकाश पाउने र उनी साउन २४ गतेबाट घरबिदामा बस्ने भएकाले शर्मालाई कायममुकायम दिइएको हो । प्रधानसेनापतिले अवकाशको एक महिनाअघि बिदा बस्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्