सानिमा बैंकले बाल अस्पताललाई एक करोड दिने «

सानिमा बैंकले बाल अस्पताललाई एक करोड दिने

सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलार्ई बाल अस्पताल निर्माणका लागि एक करोड रुपैयाँ दिने भएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बाल अस्पताल बनाउन आर्थिक सहयोग समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
बालबालिकाहरुलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्न काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले काठमाडौं लगायत सबै प्रदेशमा सुविधायुक्त अस्पताल निर्माण गर्ने लक्ष्य राखेको छ । समझदारी पत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डाक्टर भगवान कोइराला र सानिमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले हस्ताक्षर गरेका छन् ।
सानिमा बैंकको देशभर हालसम्म ८६ वटा शाखा सञ्जाल, १८ वटा विस्तारित काउन्टर तथा ९६ वटा एटीएम छन् ।

प्रतिक्रिया दिनुहोस्