नबिल बैंकले सहज कृषि कर्जा प्रदान गर्ने «

नबिल बैंकले सहज कृषि कर्जा प्रदान गर्ने

नबिल बैंक र डीभी एक्सिलसबीच खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुको लागि सहज कृषि प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र डीभी एक्सिलसका निर्देशक देवेश प्रधानले हस्ताक्षर गरेका छन् ।
सो रणनीतिक साझेदारी अन्तर्गत किसानहरूलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहुँच प्रदान गर्न सहज हुने नबिल बैंकले जनाएको छ । यसैगरी किसानहरूले डीभी एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्तिताबाट लाभ लिन सक्नेछन् ।
“नबिल बैंकले सदैब दिगो बैकिङलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पु¥याउने विश्वास गर्दछ जुन नेपालको कुल गाह्रस्थ उत्पादनको प्रमुख योगदान गर्ने क्षेत्र हो ।” बैंकका कार्यकारी अधिकृत शाहले भने, “हामी डीभी एक्सिलस सँगको यस सहकार्य द्वारा कृषकहरुको आवश्यकता अनुसार कृषि कर्जा प्रदान गरी उनीहरुको उत्पादन क्षमता वृद्धि गरि देशको आर्थिक विकासमा योगदान पुराउदै समाजमा स्वस्थ्य र स्वच्छ तथा अर्गानिक उत्पादनको पहुँच पु¥याउने अभियानमा सहकार्य गर्न पाउदा उत्साहित छौं ।”
साझेदारीसँगै, नबिल बैंकले कृषि क्षेत्रमा प्राविधिक ज्ञानको साथ व्यवसाय विकास कार्यक्रमको मिश्रण गरी कृषकलाई गुणात्मक कृषि सरसाधानको सहज उपलब्धता र सहज वित्तीय पहुँच ार्फत परम्परागत वित्तीय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नविन सुरुवात गरेको जनाएको छ ।
डीभी एक्सिलसका निर्देशक देवेस प्रधानले डीभी एक्सिलस सक्रिय रूपबाट आफ्नो ‘केएचइटीआई एप’ को माध्यमबाट नेपाली किसानहरुलाई सहज डिजिटल कर्जा प्रदान गर्ने काम गरिरहेको बताए । उनले यस सहकार्यले सरल डिजिटल प्रक्रियाको माध्यमबाट नेपालको किसानहरुलाई सहजै वित्तीय पहुँच प्रदान गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्