‘नाडा’को राष्ट्रिय अधिवेशन भदौ अन्तिम साता «

‘नाडा’को राष्ट्रिय अधिवेशन भदौ अन्तिम साता

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको राष्ट्रिय अधिवेशन भदौ अन्तिम साता काठमाडौंमा हुने भएको छ ।
नाडा केन्द्रिय कार्य समितिको बैठकले ४५औं वार्षिक साधारण सभाको अवसर पारेर भदौ २५ गते राष्ट्रिय अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो । नयाँ नेतृत्व चयनका लागि नाडाको राष्ट्रिय अधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकले अधिवेशनको तयारीका लागि महासचिव सुनिल रिजाल, सचिव अनुप बराल र कोषाध्यक्ष सुरेन्द्र उप्रेती सदस्य रहने गरी ३ सदस्यीय समिति समेत गठन गरेको छ । अध्यक्ष दुलालले अधिवेशनलाई सफल बनाउन नाडाका सबै सदस्यहरुलाई लागि पर्न आह्वान समेत गरेका छन् ।
नाडाको ३ हजार ३ सय ६५ जना सदस्य रहेका छन् । २० जना केन्द्रिय कार्य समितिका लागि निर्वाचन हुनेछ । नाडाको संशोधित विधान २०७७ अनुसार नाडाका ८ संस्थागत एशोसिएशनका अध्यक्षले स्वतः केन्द्रिय कार्य समितिमा प्रतिनिधित्व गर्नेछन । त्यसैैगरी ४ उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षको चयन निर्वाचित केन्द्रिय कार्य समितिको पहिलो बैठकले गर्नेछ । यसरी नाडाको केन्द्रिय कार्य समितिको संख्या २९ जनाको हुनेछ । अध्यक्ष दुलालले सदस्यता नविकरण नगरेकाहरुको नविकरणको अन्तिम मिति आगामी भदौ १८ गतेसम्म रहने गरी कार्य तालिका तय गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्