न्यादी हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति «

न्यादी हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति

नेपाल धितोपत्र बोर्डले न्यादी हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको छ । न्यादीलाई ४० लाख ५० हजार कित्ता सेयर निष्काशनका लागि धितोपत्र बोर्डले स्वीकृति दिएको हो ।
बुटवल पावर कम्पनीको सहायक कम्पनीको रुपमा रहेको लमजुङ जिल्लामा निर्माणाधिन न्यादी हाइड्रोपावर लिमिटेडलाई धितोपत्र बोर्डले अनुमति दिएसंगे निकट भविक्ष्यमा यसको निर्माण सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीले अबको केही समयमा नै प्रभावित तथा जिल्ला बासीका लागि प्राथमिक सेयर निष्काशन गर्ने पनि जनाएको छ । त्यस पश्चात् सर्वसाधारणको लागि पनि प्राथमिक सेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्