महालक्ष्मी विकास बैंक र एमएडब्लु कमर्सियल भेहिकल्सबीच सम्झौता «

महालक्ष्मी विकास बैंक र एमएडब्लु कमर्सियल भेहिकल्सबीच सम्झौता

महालक्ष्मी विकास बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्ससँग सम्झौता गरेको छ ।
उक्त सम्झौता अनुसार एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्सबाट ग्राहकहरुले फोटोन ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्ने बताइएको छ । ग्राहकलाई अधिकतम ८ वर्षका लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ ।
देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बंैकिङ सेवा प्रदान गर्दै आएको बैंकका सबै शाखामा यो सुविधा उपलध हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्