सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोपका लागि सम्पूर्ण शक्ति परिचालन गरेको दाबी «

सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोपका लागि सम्पूर्ण शक्ति परिचालन गरेको दाबी

सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सम्पूर्ण शक्ति परिचालन गरेको दाबी गरेका छन् ।
उपसभापति निधिले जहाँबाट ल्याएर भए पनि आम जनतालाई कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिबद्ध भएर लागि परेको बताए । शनिबार काठमाडौं को त्रिपुरेश्वरमा स्थापना गरिएको ‘नवरत्न आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टर’को उद्घाटन गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कोरोना विरुद्धको खोपलाई बढी प्राथमिकता दिएको पनि स्मरण गराए । उनले भने, “खोपलाई सरकारले सबैैभन्दा बढी प्राथमिकता दिएको छ । अहिले खोपको व्यवस्थापनमा सरकारले सम्पूर्ण शक्ति लगाएको छ । सरकारले जहाँबाट ल्याएर भए पनि नेपाली जनतालाई खोप उपलब्ध गराउँछौं भनिरहेको छ ।” उपसभापति निधिले कोरोनाको तेस्रो लहर आउन नदिन पनि सरकार आवश्यक तयारीमा लागि परेको बताए ।
उपसभापति निधिले कोरोनाबाट मुक्ति पाउने उपायको खोजी गर्न आयुर्वेद चिकित्सकसँग आग्रह पनि गरे । उनले जनताको जीवनरक्षा गर्ने कुरा पहिलो प्राथमिकतामा रहेकाले यसमा आयुर्वेद चिकित्सकहरूले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्