आइएमई पे र साइकल सिटी नेटवर्क नेपालबीच सम्झौता

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे र साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) बाीच सम्झौता भएको छ ।
नेपालमा दिगो विकास तथा स्वास्थ्य जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न सहभागी हुने साइकल यात्रीलाई १ किलोमिटर साइकल यात्रा गरे बापत ३ रुपैयाँ प्रदान गरिनेछ । सो रकम भुत्तानी गर्ने पेमेन्ट पार्टनर आइएमई पे रहेको छ । साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच भएको सम्झौता पश्चात अबदेखि ग्रीन वे एपले आइएमई पेमार्फत भुत्तानी सेवा प्रदान गर्ने छन् ।
आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यापार व्यवस्थापक प्रमुख आमोद भट्टराईले साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) को साइकल यात्रा प्रवद्र्धन अभियानलाई संस्थागत सामाजिक उत्तरदायित्वको हिस्साका रूपमा समर्थन गर्दै आइएमई पेको भुक्तानी सेवा सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा विश्वस्त रहेको बताए ।
साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) को अध्यक्ष सैलेन्द्र डंगोलले साइकल यात्रा प्रवद्र्धन अभियानमा सहभागी साइकल यात्रीलाई आइएमई पेमार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने बताए ।