गुहेश्वरी मर्चेण्ट फाइनान्सको चुक्ता पुँजी ८० करोड «

गुहेश्वरी मर्चेण्ट फाइनान्सको चुक्ता पुँजी ८० करोड

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुगेको छ । आइतवार सम्पन्न सौह्रौं वार्षिक साधारण सभाले आव २०७३/०७४ को नाफाबाट १५.७९ प्रतिशत बोनस शेयर हालै निष्काशन भई बाड़फाड गरिएको ४० प्रतिशत हकप्रद सेयरमा समेत प्रदान हुने गरी प्रस्ताव पारित गरेको छ । संस्थाको हालसम्ममा निक्षेप २ अर्ब ७७ करोड तथा कर्जा २ अर्ब ४१ करोड रहेको तथा संचालन मुनाफा १ करोड ३९ लाख कमाउन सफल भएको संस्थाबाट जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । यस संस्थाको प्रधान कार्यलय हरिहर भवन ललितपुर, चुच्चेपाटी चावहिल, कान्ति राजपथ हेटौंडा, आदर्श नगर वीरगंज, चारआली चोक बिर्तामोड, कलैया बजार बारा, थानारोड दमक, मेनरोड जीतपुर गरी हाल सम्म आठ वटा शाखा कार्यालय रहेकोमा थप दुई शाखा कार्यालयहरु खोल्ने तयारी हुदैछ ।

 

 

प्रतिक्रिया दिनुहोस्