अर्घाखाँचीमा साउन १६ गतेबाट निषेधाज्ञा «

अर्घाखाँचीमा साउन १६ गतेबाट निषेधाज्ञा

अर्घाखाँची जिल्लामा साउन १६ गते राति १२ बजेदेखि निषेधाज्ञा गरिने भएको छ । अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पूर्ण रुपमा लकडाउन हुने भएको छ ।
जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पूर्णरूपमा लकडाउन गर्नका लागि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र अर्घाखाँचीको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए ।
जिल्लामा अत्यावश्यक बाहेक यातायात, बैंक तथा वित्तिय संस्थालगायत अन्य सबै क्षेत्र पूर्ण रुपमा बन्द हुनेछन् ।
अत्यावश्यकका पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खुल्ने जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र अर्घाखाँचीको बैठकले निर्णय गरेको छ । जिल्लामा हाल पाँच सय १९ जना संक्रिय संक्रमित छन् । अर्घाखाँचीमा कोरोनाबाट ७२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्