उद्योग संगठन र मोरङ व्यापार संघको स्वदेशी उत्पादनको प्रवद्र्धन अभियान

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले स्वदेशी उत्पादनको प्रबद्र्धन गर्न घरदैलो अभियान थालेका छन् ।
मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले प्रदेश राजधानी विराटनगरबाट घरदैलो अभियान सुरू गरेका हुन् । स्वदेशी वस्तुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने लक्ष्यका साथ सुरु अभियानको दोस्रो चरण प्रारम्भ गरिएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी गराए । विराटनगरबाट सुरू गरिएको अभियान देशैभर पु¥याउने योजना रहेको उनले बताए । अध्यक्ष प्याकुरेलले भने, “स्वदेशी वस्तुको प्रवद्र्धन गर्नसके आयात घट्ने, रोजगारी बढ्ने र चुलिँदै गएको व्यापार घाटासमेत सन्तुलनमा आउनेछ ।”
अभियानलाई जनस्तरसम्म पु¥याउन दुवै संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिवद्धतापत्र प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगर, सामाजिक विकासमन्त्री उषाकला राई र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई हस्तान्तरण गरी दोस्रो चरणको जागरण अभियान प्रारम्भ गरेको हो । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रुपमा सुरू गरेको अभियानको उद्घाटन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
अभियानलाई जनस्तरसम्म पु¥याउन दोस्रो चरणमा प्रारम्भ गरिएको उनको भनाइ । उनले दैनिक जीवनमा प्रयोग हुने वस्तुमा स्वदेशी उत्पादनलाई नै प्रयोगमा ल्याउन अनुरोध गर्दै यस अभियानलाई सार्थक बनाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण र बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । “यो अभियानलाई सबैले साथ र सहयोग गर्ने हो भने पक्कै पनि स्वदेशी वस्तुले बजार पाउनेमा दुईमत छैन,” प्याकुरेलले भने, “यो अभियानले अर्कातिर आयातलाई समेत प्रतिस्थापन गर्नेछ ।”
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले स्वदेशी उद्योगहरूको संरक्षण एवं प्रवद्र्धनका लागि सरकारले सार्वजनिक खरिद ऐनमा समेत स्वदेशी वस्तु खरिदलाई प्राथमिकता दिई सोहीअनुरुपको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले व्यापार घाटालाई न्यूनीकरण गरी सन्तुलनमा ल्याउनका साथै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने उद्देश्यले प्रारम्भ गरिएको अभियानलाई प्रदेश सरकारले आफ्नै अभियानको रुपमा लिनुपर्ने धारणा राखे ।
दुवै संस्थाको तर्फबाट संयुक्त रुपमा प्रदान गरिएको निमोनिक लोगो र चारबुँदे प्रतिबद्धता उल्लेख नेपाली कागजमा तयार गरिएको पेपर स्टेण्ड लिँदै मुख्यमन्त्री राईले संगठन र संघले सुरु गरेको अभियानले राष्ट्रिय आर्थिक र औद्योगिक विकासको प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले अभियानको कार्यान्वयमा प्रदेश सरकारको साथ र सहयोग रहने प्रतिवद्धता जनाए ।
निमोनिक लोगो र चारबँुदे प्रतिवद्धता उल्लेख नेपाली कागजमा तयार गरिएको पेपर स्टेण्ड प्रदेश–१ का प्रमुख सचिव सुमनराज अर्याल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव निरु दाहाल पाण्डे, सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराईले पनि हस्तान्तरण गरे ।