जसपाले जागरण अभियान चलाउने «

जसपाले जागरण अभियान चलाउने

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) ले बैठकले संगठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको छ ।
बिहीबार पार्टी कार्यालय तुलसीलाल अमात्य स्मृति भवनमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संगठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको हो । बैठकपछि पार्टी प्रवक्ता डम्बर खतिवडाले यो अभियान भाद्र १ गतेदेखि मंसिर मसान्तसम्म चल्ने बताए । उनले यो अवधिमा पार्टीको समायोजन, प्रशिक्षण, संगठन र जनजागरण सम्बन्धि कामहरु गर्ने र पार्टीलाई दुरुस्त बनाउने अभियानमा लाग्ने बताए ।
बैठकले पार्टी भित्र आउन सक्ने समस्या,अनुशासन सम्बन्धि घटनाहरुको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिको संयोजकमा नवराज सुवेदी र सदस्यहरुमा प्रकाश अधिकारी, गोविन्द चौधरी, दुर्गा सोब र सुशिला श्रेष्ठलाई चयन गरिएको समेत उनले बताए । बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा कपिलवस्तु जिल्लाका पार्टी केन्द्रीय समितिका सदस्य नरसिंह चौधरीलाई नियुक्ति गरिएको प्रवक्ता खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्