सिप्रदी र शिखर इन्स्योरेन्सबीच अटो प्लस सम्झौता «

सिप्रदी र शिखर इन्स्योरेन्सबीच अटो प्लस सम्झौता

टाटा मोटरसको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र शिखर इन्स्योरेन्स कम्पनीबीच अटो प्लसमा सम्झौता भएको छ ।
उक्त सम्झौतामा सिप्रदी ट्रेडिङको तर्फबाट संस्थाका उप–सभापति सौरवराज थपलिया र शिखर इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरे ।
यस अटो प्लसमा सम्झौतामा टाटा मोर्टस्द्वारा उत्पादित गाडीहरुमा लागू हुने बताइएको छ । अटोप्लस स्कीममा सवारी साधन दर्ता भएको मितिबाट ५ वर्षसम्म लागु हुने बताइएको छ । यो स्कीम ब्यापक मोटर बिमा पोलिसीमा मात्र लागु हुने कम्पनीले जनाएको छ । जसअन्तर्गत शुन्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर ३ हजार र टाटा एस-टाटा इन्ट्राका लागि भाडादर एक हजार पाँच सय परिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन योजनालगायतका फाइदा रहेको बताइएको छ ।
यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङको आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बिमा दावी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्