रोयल इन्फिल्डको मिटियोर ३५० सार्वजनिक «

रोयल इन्फिल्डको मिटियोर ३५० सार्वजनिक

रोयल इन्फिल्डको मिटियोर ३५० सार्वजनिक भएको छ । नेपालको लागि रोयल इन्फिल्डको आधिकारिक विक्रेता एम भी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले उक्त बाइक सार्वजनिक गरेको हो ।
क्रुशर सिरिजअन्तर्गतको नयाँ मोडलका बाइक मिटियोर ३५० तीन भेरियन्टमा उपलब्ध हुनेछ । मिटियोर ३५० सिसी क्रुसर सिरिजको बाइक हो, जसमा जे सिरिजको एयर कुल्ड, एसओएचसी इन्जिन हुनेछ । यसमा ३४९ सिसीको सिंगल इन्जिन जडान गरिएको छ । जसले ६ हजार १ सय आरपिएममा २०.२ बिएचपी पावर र ४ हजार आरपिएममा २७ एनएमको टर्क जेनेरेट गर्छ । इन्धनको कार्यशकुशलताको लागि यसमा विद्युतीय फ्युल इन्जेक्सन राखिएको छ । बाइकमा सुरक्षाको लागि डुअल च्यानल एबिएस छ । यो बिएस ६ संस्करणअन्तर्गत निर्माण भएको बाइक हो ।
नयाँ मोडलको रोयल इन्फिल्डलाई गुगल म्यापसँग कनेक्ट गर्न सकिन्छ । त्यस्तै यसमा मोबाइल चार्जको लागि चार्जिङ पोर्ट पनि समावेश गरिएको छ । कम्पनीले मिटियोर ३५०को फायर बल भेरियन्टको सुरुवाती मूल्य ६ लाख रुपैयाँ तोकेको छ । त्यस्तै स्टेलरको मूल्य ६ लाख १७ हजार तोकेको छ भने सुपर नोभाको मूल्य ६ लाख ४५ हजार तोकेको छ । मिटियो ३५० रोयल इन्फिल्डको १९ वटै शाखाबाट बिक्री तथा वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्