कामना सेवा विकास बैंक र ह्वाइट लोटस मोटर्सबीच सहकार्य «

कामना सेवा विकास बैंक र ह्वाइट लोटस मोटर्सबीच सहकार्य

कामना सेवा विकास बैंकले ह्वाइट लोटस मोटर्ससँग सहकार्य गर्ने भएको छ । बैंकले पूर्ण विद्युतीय सवारीसाधनको आयात गर्ने कम्पनीसँग सहकार्यको घोषणा गरेको हो ।
बैंकले विद्युतीय ब्रान्डका स्कुटर, मोटरसाइकल, यसका पार्टपुर्जाको कारोबार गर्ने आफ्नै शोरुम र डिलर नेटवर्क स्थापना गर्नलागेको कम्पनीसँग सहकार्य गर्नलागेको जनाएको छ । स्वच्छ र कार्बनशून्य यातायातलाई प्रवद्र्धन गर्न यस्तो सहकार्य हुन लागेको बैंकले जनाएको छ । कम्पनीका सवारीसाधन किन्ने ग्राहकलाई ईएमआई फाइनान्सिङ सुविधा दिनेछ ।

प्रतिक्रिया दिनुहोस्