फोनपेको नयाँ उपहार योजना «
Logo

फोनपेको नयाँ उपहार योजना

फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै १ लाख’ उपहार योजना सार्वजनिक गरेको छ ।
देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याइएको फोनपेले जनाएको छ। फोनपेको नेटवर्कमा आबद्ध भइसकेका र आबद्ध हुन चाहने सानाठूला सबै व्यवसायलाई समेट्ने यो योजना आज साउन १३ गतेदेखि ३ महिनासम्म सञ्चालन हुनेछ ।
यस योजनामा हरेक दिन क्यूआरआर्फत भुक्तानी लिने व्यवसायी (मर्चेन्ट) ले हरेक दिन १ लाख रुपैयाँ जित्न सक्नेछन् । यस योजनामा फोनपेमार्फत भुक्तानी लिने देशभरका मर्चेन्टहरूको सहभागिता हुनेछ । यस योजनामा सहभागी हुनका लागि फोनपे बिजनेसमा रजिस्ट्रर भएको हुनुपर्नेछ भने उपहार योजनामा सहभागि हुनका लागि फोनपेमार्फत दैनिक भुक्तानी लिएको हुनुपर्नेछ । फोनपे बिजनेसमा आबद्ध हुन फोनपे बिजनेस एप डाउनलोड गरी आफ्नो व्यवसायको प्यानमार्फत आफैँ रजिस्ट्रर हुन सकिन्छ ।
यसका साथै नजिकै रहेको बैंक तथा वित्तीय संस्था तथा डिजिटल वालेट कम्पनीमार्फत पनि मर्चेन्ट बन्न सकिनेछ । यस योजनामा हरेक दिन बिहान १२ बजेदेखि राति ११ः५९ सम्म कारोबार गर्ने सबै व्यवसायी सहभागी हुनेछन् । यो योजनाका विजेता लक्की ड्रमार्फत छनोट गरिनेछ र विजेताको घोषणा हरेक दिन साँझ ५ बजे फोनपे बिजिनेसको फेसबुक लाइभमार्फत गरिने फोनपेले जनाएको छ ।
यो योजनामा फोनपेमार्फत धेरै भन्दा धेरै कारोबार गर्ने व्यवसायीहरुले जित्ने सम्भावना बढी रहन्छ । फोनपे नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आबद्ध छन् भने ४ लाख ५० हजारभन्दा बढी मर्चेन्ट रहेका छन् । १ करोड ३० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवाप्रदायकका मोबाइल एपमार्फत यसले सेवा प्रदान गर्दै आएको छ । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड ‘पीसीआई डीएसएस भीथ्री.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो ।

प्रतिक्रिया दिनुहोस्