बिध ल्यावमा विभिन्न परीक्षण गर्दा ४० प्रतिशत छुट «

बिध ल्यावमा विभिन्न परीक्षण गर्दा ४० प्रतिशत छुट

बिध ल्याबले स्थापनाको १ वर्ष पूरा गरेको अवसरमा विधिन्न सेवामा छुट दिने भएको छ । ललितपुरको कुपण्डोलमा रहेको ल्याबले अघिल्लो वर्ष आजकै दिनबाट सेवा सञ्चालन गरेको थियो ।
सञ्चालनको १ वर्ष पूरा गरेकोमा ल्याबमा हुने प्रत्येक परीक्षणमा छुटको व्यवस्था गरिएको छ । ल्याबका अनुसार एक हप्तासम्मका लागि सबै प्रकारका परीक्षणमा ४० प्रतिशत छुट गरिएको छ । ल्याबका अनुसार एक वर्षको अवधिमा अहिलेसम्म एक लाख ३० हजार पीसीआर परीक्षण गरिएको छ । त्यस्तै, अन्य ५० हजार प्याथोलोजी परीक्षण गरिएको जनाइएको छ ।
दोस्रो भेरियन्टको संक्रमितको संख्या बढेपछि मुलुकभर अक्सिजन सिलिन्डर अभाव भएपछि सुरुमा बिध म्यानेजमेन्टले चीनबाट सिलिण्डर आयात गरेको थियो । कोभिडको महामारीबाट अझै मुक्त हुन नसकेको भन्दै सरकार र सर्वसाधारणलाई आफूहरूसँग सहकार्य गरेर अघि बढ्न ल्याबका अध्यक्ष तथा सञ्चालक बिके भण्डारीले आह्वान गरेका छन् । अक्सिजनको चरम अभाव भएको बेलामा ल्याबले ललितपुर महानगरपालिका सहित अन्य अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको थियो ।
त्यस्तै, विभिन्न चाडपर्वहरूमा छुटको व्यवस्था गरिँदै आएको ल्याबले जनाएको छ । त्यस्तै विभिन्न मेडिकल विद्यार्थीहरूको परीक्षामा सहभागी हुनका लागि गर्नुपर्ने पीसीआर परीक्षणका लागि पनि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्