एप्पलले तीन रियर क्यामरा फोन ल्याउने «

एप्पलले तीन रियर क्यामरा फोन ल्याउने

विश्वकै महँगो टेक कम्पनी एप्पलको आफ्नो आगामी आइफोन तीन वटा रियर क्यामरा जडित हुने भएको छ । कम्पनीले आधिकारिक रुपमा केही नभए पनि यसको पछाडिको क्यामरा तीन वटा हुने खबरहरु लिक भएका छन् ।
एप्पलले आगामी तीन महिनामा आफ्ना नयाँ उत्पादन सार्वजनिक गर्ने कार्यक्रम छ । विभिन्न जानकारीहरु लीक गर्ने ट्वीटर एकाउन्ट अनलीक्सले नयाँ आइफोनको रेण्डर देखाएको छ । नयाँ आइफोनको बारेमा कुरा गर्नु अलि हतार भएपनि रेण्डरअनुसार आइफोनको डिजाइन नै पूरै परिवर्तन गर्ने संकेत देखिएको हो ।
सार्वजनिक तस्बिरअनुसार नयाँ आइफोनमा तीनवटा क्यामरा हुन सक्ने र यसको पछिल्लो भाग ग्लासबाट निर्मित हुनेछ । तीन मध्ये दुईवटा ठाडो किसिमले राखिएको छ भने तेस्रो क्यामरा एलईडी फ्ल्याशको ठिक तल राखिएको छ । यी तीन क्यामरा र एलईडी फ्ल्याशलाई चार भुजाकारमा राखिएको छ । यो हुवावे मेट २० प्रोको जस्तै हो । मेट २० प्रोमा भने फ्ल्यास लाइट र तीन क्यामरालाई चारतिर राखिएको छ । यसअघि आएका केहि हल्लाहरुका अनुसार तेस्रो क्यामरामा थ्रीडी टिओएफ सेन्सर हुनेछ । जानकारीअनुसार नयाँ आइफोन अझैपनि इन्जिनियरिङ भ्यालिडेसन टेस्टको चरणमा रहेको छ, त्यसैले यो डिजाइन धेरै पटक परिवर्तन हुनसक्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्