यादवले बाँडे चिसोपीडितलाई कम्बल «

यादवले बाँडे चिसोपीडितलाई कम्बल

यादवले बाँडे चिसोपीडितलाई कम्बल
सप्तरी, ३० पुस (कास) ः पुस पहिलो सातादेखि सप्तरीमा बढेको शीतलहरले जनजीवन अस्तव्यस्त बनेको छ । शीतलहरबाट जोगाउन विभिन्न संघसंस्थाहरुको समन्वयमा जिल्ला दैवी प्रकोप उद्धार तथा राहत व्यवस्थापन समितिले गरिब, बिपन्न तथा असहाय व्यक्तिलाई कम्बल वितरणको काम जारी राखेको छ ।
यसैबीच, आफ्नो संसदीय निर्वाचन क्षेत्र सप्तरी–२ का गरिब तथा विपन्न परिवारलाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कम्बल वितरण गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका सयभन्दा बढी शितलहरपीडित गरिब तथा विपन्न परिवारलाई फोरम अध्यक्ष यादवले ब्ल्यांकेट वितरण गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्