नेप्से परिसूचक ३१०० नजिक «

नेप्से परिसूचक ३१०० नजिक

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक बढ्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । बुधबार नेप्से सूचक १५.३० अंकले वृद्धि भई ३०९४.९४ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च अंक हो ।
मंगलबार पनि नेप्से २९.२४ अंकले वृद्धि भई ३०७९.६७ अंकमा पुगेको थियो । नेप्से वद्धि भए पनि कारोबार रकममा भने गिरावट आएको छ । बुधबार २१९ कम्पनीका २ करोड ८१ लाख कित्ता सेयर किनबेच हुँदा १३ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसअघि मंगलबार नेप्सेले उच्च रेकर्ड कायम गर्दा बजारमा १५ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार १०९ कम्पनीको मूल्य घटेको छ भने ७३ कम्पनीको मूल्य घटेको छ । यसैगरी एक कम्पनीको मूल्य भने स्थिर छ ।
समग्रमा नेप्से बढे पनि बजारमा बढी हिस्सा रहेको बैंकिङ समूह भने घटेको छ । बैंकिङ समूह १८.४५, जलविद्युत् ४८.२७, उत्पादनमूलक ३७.३ र म्युचुअल फण्ड ०.०१ अंकले घटेका छन् । यसबाहेक व्यापार १६.३९, होटल तथा टुरिजम २५७.७१, विकास बैंक ४८.३६, फाइनान्स ७०.१६, जीवन बिमा ४४९.५६, अन्य २०.११, लघुवित्त ३७.२४, जीवन बिमा ४३१.३८ र लगानी समूह ३.२२ अंकले घटेका छन् ।
पछिल्लो समय राजनीतिसँगै आर्थिक वातावरण पनि सकारात्मक हुँदा बजार बढ्नका लागि उपयुक्त वातावरण भएको लगानीकर्ताहरूको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्