नाडाको अध्यक्षमा करण चौधरीको उम्मेदवारी «

नाडाको अध्यक्षमा करण चौधरीको उम्मेदवारी

नाडा अटोमोबाइल्स एसोसियसनको आगामी अध्यक्षका लागि करण चौधरीले उम्मेदवारी घोषणा गरेका छन् । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक हाल नाडाको उपाध्यक्ष हुन् । नाडा सात वटै प्रदेशमाविस्तार भइसकेको अवस्थामा सबै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाउने उद्देश्यका साथ नाडालाई संस्थागत रूपमा दरिलो बढाउने चौधरीले बताए ।
अटोमोवाइल व्यवसाय सरकारलाई सर्वाधिक कर बुझाउने एवं निजी क्षेत्रमा ठूला रोजगार प्रदान गर्ने व्यवसाय भएको उनले बताए । सरकार र व्यवसायीको उच्चतम हितमा काम गर्न मिल्ने सहज वातावरण वनाउन सरकारको नीतिगत रूपमासमेत अटो व्यवसायलाई कसरी सहज बनाउने भन्नेमा पनि आफूले काम गर्ने उनले बताए ।
कोरोना महामारी र लकडाउनका कारण नेपालका अटोमोबाइल व्यवसाय संकटमा परेकाले यस व्यवसायको पुनरुत्थानसँगै यस क्षेत्रमा नयाँ आकर्षण, नयाँ उत्साह ल्याउन जरुरी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्