महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना हुँदै «

महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना हुँदै

महिन्द्रा फोरव्हीलरको नेपालका लागि अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स प्रालिले यही साउन १४ र १५ गते देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्ने भएको छ ।
महिन्द्राका सम्पूर्ण फोरव्हीलर गाडीहरुको ३०–पोइन्ट चेकअपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको सर्भिस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुको सेवा सुविधालाई मध्यनजर गरिएको यस सर्भिस क्याम्पमा गाडीको ३०–पोइन्ट चेकअपमार्फत सवारीको अवस्था सम्पूर्ण रुपमा उत्कृष्ट रहेको जानकारी पाउन सकिने बताइएको छ ।
महिन्द्रामनसुन सर्भिस क्याम्प एकै दिन नेपालभरका सम्पूर्ण आधिकारिक वर्कसपमा एकैसाथ सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्