मूर्ति बनाएर परिवार पाल्दै बाँकेका युवा «

मूर्ति बनाएर परिवार पाल्दै बाँकेका युवा

बाँकेका एक युवाले माटाको मूर्तिहरु तयार गर्न सुरु गरेका छन् ।
१२ वर्षको उमेरमा भारतमा गएर माटाका मूर्ति बनाउन सिकेका उनले आफ्नै गाउँमा फर्केर माटाका मूर्ति बनाई बेच्न सुरु गरेका हुन् । नेपालगञ्ज ७ घाँसियार टोलका १८ बर्षिय छोटु केवटले माटाका मूर्तिहरु निर्माण गर्न सुरु गरेका छन् । उनी यस वर्षमा नै करिब १० देखि १२ वटा माटाका मूर्ति बनाउने सोच राखेको बताउँछन् ।
माटाका एउटा मूर्ति निर्माण गर्न करिब ९ हजार सम्म खर्च हुने गर्छ । बाँस, पराल, प्लाष्टिकका डोरी लगाएर मूर्तिको आकार बनाउने गरिन्छ । एक मूर्ति पूर्ण रुपले निर्माण गरेपछि ३ देखि ५ हजारसम्म नाफा हुने गरेको उनी बताउँछन् । काममा सघाउन र सीप सिक्नका लागि साना साना बालबालिका पनि उनीसँगै जुटेको केवट बताउँछन् । उनी एक सिजनमा माग अनुसार करिब ५० देखि ६० हजार कमाइ हुने बताउँछन् ।
नाफा भएको पैसाले घर खर्च चलाउने र केही रकम बचत गरेर अर्को सिजनमा लगाउने गरेको उनको भनाइ छ । सीप सानो वा ठूलो हुँदैन र सीप सिक्न तथा सिकेको सिपलाई प्रयोग गर्नका लागि उमेरले छेक्दैन भन्ने उदाहरण बन्न आफस्ले चाहेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्