गुणस्तरीय शिक्षाका लागि डिसहोमको ‘डिसहोम उज्वल भविष्य’ योजना «

गुणस्तरीय शिक्षाका लागि डिसहोमको ‘डिसहोम उज्वल भविष्य’ योजना

 डिस मिडिया नेटवर्क लिमिटडले विद्यार्थीहरूको गुणस्तरीय शिक्षाका लागि सहयोग पु¥याउने उद्देश्यले ‘डिसहोम उज्वल भविष्य’ कार्यक्रम ल्याएको छ । मुलुकका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थी उचित प्रोत्साहन र शैक्षिक सामग्रीको अभावमा शिक्षाबाट वञ्चित हुन नपरोस् भन्दै डिसहोमले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत ‘डिसहोम उज्वल भविष्य’ कार्यक्रम ल्याएको जनाएको छ ।
डिसहोमले यस योजनाअन्तर्गत पर्सा जिल्लाको पोखरीयास्थित, जिल्ला उचांगल रामदेव माध्यमिक विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसहितका झोला तथा न्यानो टोपी वितरण गरेको हो । उनीहरूलाई आवश्यक शैक्षिक सामग्रीसहित चिसोे मौसम शीतलहरबाट जोगिनका लागि न्यानो टोपी वितरण गरिएको पनि जनाएको छ । डिसहोमका ब्रान्ड म्यानेजर मनोज न्यौपानेले डिसहोम उज्जवल भविष्य कार्यक्रमअन्तर्गत शैक्षिक सामग्री वितरण गरे ।

 

प्रतिक्रिया दिनुहोस्