व्यवसायीबीचको चुनावी सरगर्मी बढ्दै «

व्यवसायीबीचको चुनावी सरगर्मी बढ्दै

धनगढी-कैलाली उद्योग वाणिज्य संघका उम्मेदवारहरूलाई आन्तरिक चुनावी सरगर्मीले छोएको छ । जिल्ला उद्योग वाणिज्य संघको नेतृत्व छनोटको मिति नजिकिँदै जाँदा व्यवसायलाई चुनावी सरगर्मीले छोएको हो । आगामी ३ वर्षे कार्यकालका लागि नेतृत्व छनोट गर्न पुस २८ गते संघको ४६ औं वार्षिक साधारणसभा पछि व्यवसायीलाई आगामी नेतृत्वका लागि आन्तरिक निर्वाचनले तताएको छ ।
व्यवसायीहरू आफ्नो नेतृत्वमा उद्योगी व्यवसायीको हितमा काम हुने प्रतिबद्धता जनाउँदै चुनावी महौल आफ्ना पक्षमा पार्न घरदैलौ नै सुरु गरेका छन् । संघको नेतृत्व लिन वर्तमान कैलाली उद्योग वाणिज्य संघका महासचिव रुपेश स्वाँर, वर्तमान कोषाध्यक्ष पुष्प कुवँर र वर्तमान सदस्य डिल्लीराज अवस्थी अध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका छन् । नेतृत्व लिन ३ नै जना व्यवसायीले आन्तरिक छलफल, दल सम्बद्ध नेता र व्यवसायीको घरदैलोमा आफूलाई केन्द्रित गरेका छन् ।
चुनावी मैदानमा उत्रेका २ जना अध्यक्षभन्दा म परिपक्व र नेतृत्व सम्हाल्न सक्ने अनुभव भएकाले अध्यक्षका लागि दावेदार रहेको वर्तमान महासिचव रुपेश स्वाँर जानकारी दिए । “अध्यक्षका प्रत्यासी स्वाँरले भने, संघमा लामो समय गरेको लगानी, व्यवसायीका हितमा पु¥याएको योगदान र मुद्दा उठानका हकमा कसैले सर्वसहमतीमा बनाए पनि नबनी मतदानबाटै अध्यक्ष बन्छु ।”
विगतका दिनदेखि संघलाई बलियो बनाउन र पछिल्लो ३ वर्ष आर्थिक रूपमा मजबुत बनाउँदै आगामी दिनमा संघको संस्थागत विकास गर्न अध्यक्षको आकांक्षा राखेको वर्तमान कोषाध्यक्ष पुष्पराज कुवँरले बताए । “संघ स्थापना भएको ४५ वर्षे इतिहासमा म कोषाध्यक्ष बन्दा संघ आर्थिक रूपमा बलियो बनेको छ ।” कुवँरले भने,“त्यही आधारमा टेकेर व्यवसायीको हितमा संघको संस्थागत विकास मेरो प्राथमिकता हो ।” व्यवसायीबीच नेतृत्वको विषयमा विवाद भए आफू सहमतिमा अध्यक्ष बन्छु । चुनाव भए जित पनि सुनिश्चित छ ।
संघमा प्रजातान्त्रिक समूह अत्याधिक बलियो रहेको संघमा कांगे्रस निकटका व्यवसायीले नेतृत्व लिने पक्कापक्की जस्तै छ । अध्यक्षका आकांक्षी ३ जनामा १ जना कांग्रेस निकट हुन भने १ जना नेकपा निकट छन् अर्का, अध्यक्षका प्रत्याशी डिल्लीराज अवस्थी केही दिनअघि मात्र कांगे्रस निकटका थिए भने पछि आएर विवेकशील पार्टीमा प्रवेश गरेका हुन् । व्यापारीहरू प्रजातान्तिक पक्ष देखिएका कारण पनि रुपेश स्वाँर जित्ने पक्का देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्