दुई प्रदेशका प्रदेश प्रमुख फेरिए «

दुई प्रदेशका प्रदेश प्रमुख फेरिए

सरकारले दुई वटा प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने निर्णय गर्दै नयाँ प्रदेश प्रमुखको सिफारिस राष्ट्रपतिसमक्ष गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पुथ्वीमान गुरूङलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको हो । गण्डकीकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका धर्मनाथ यादवलाई बर्खास्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्