सडकले जोडियो रुरुबन्चु

जिल्लाको तिलागुफा नगरपालिका– १० को रुरुबन्चुमा गाडी पुगेको छ । स्थानीय सरकारले जिल्लामा नै पहिलो पटक स्थानीय बजेटबाट नै सडक निर्माण गरेर गाडी पुराएको हो ।
स्थानीय तहबाट ३२ लाख रुपैयाँ विनियोजन गरेर चिल्लायादेखि निकै विकट रूपमा चिनिएको रुरुबन्चुसम्म ८ किमि सडक निर्माण भएपछि पहिलो पटक गाडी पुगेको हो ।
नगरपालिकाको निकै विकट मानिएको रुरुबन्चुसम्म गाडी पु¥याउने आफ्नो पहिलो प्राथमिकता र त्यसलाई सार्थकता दिन आफूले निकै मिहेनत गरेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । “नगरपालिकाभित्रको निकै विकट गाउँ रुरुबन्चु हो ।” उनले भने, “यहाँ गाडी पु¥याइएको छ । यहाँका मानिसले भारी बोक्ने दिन हटेका छन् ।”
रुरुबन्चु पर्यटकीय हिसाबले निकै महत्व रहेको र विकासका हिसाबले निकै पछाडि रहेका कारण स्वास्थ्य, शिक्षा र सडकलाई पहिलो प्राथमिकतामा राखेको प्रमुख शाहीले बताए । “शिक्षा, स्वास्थ्य र सडकका हिसाबले निकै पछाडि रहेको गाउँमा सडक आइपुगेको छ ।” उनले भने, “सडकसँगै स्वास्थ्य शिक्षामा जोडिन जरुरी छ ।”
२ सय घरपरिवार रहेको रुरुबन्चु गाउँमा मानिसको आर्यआर्जनको मुख्य पेशा कृषि, पशुपालन र जडिबुटी रहेकाले व्यापार गर्न बजारसम्म पु¥याउन सडकले सहज बनाएको वडाध्यक्ष मुनबहादुर थापाले बताए । “यहाँका मानिसको मुख्य पेशाका रूपमा कृषि पशुपालन र जडिबुटीको ब्यापार रहेको छ ।” उनले भने, “सडक निर्माण भएपछि त्यसको सहज व्यापार हुनेछ ।”
रुरुबन्चु गाउँका सबै घरपरिवारको स्याउ बगैंचा रहेकाले सडक नहुँदा स्याउ कुहिएर जाने गरेकोमा अब बजारमा लैजान आफूहरूलाई सहज हुने स्थानीय नरबहादुर रोकायाले बताए । “हाम्रो गाउँमा सबै जनाको स्याउको बगैंचा छ ।” उनले भने, “स्याउ राम्रो फल्ने भए पनि आम्दानी लिन सकेका थिएनौं । अब गाडीमा नै स्याउ बिक्री गर्छौं ।”
सबै गाउँमा सडक नपुगेसम्म गाडी चढ्दिन; नगरप्रमुख
तिलागुफा नगरपालिकाका नगरप्रमुख रतनबहादुर शाहीले नगरपालिकाभित्रका सबै वडामा भित्री सडक नपु¥याएसम्म आफूले गाडी नचढ्ने बताएका छन् । नगरपालिकाका केही गाउँमा अहिले मानिसहरूले भारी बोकेर नै हाट बजार गर्नुपर्ने भएका कारण आफूले सबै जनताको पिठ्यँुबाट भारी हटाएरमात्र गाडी चढ्ने बताएका हुन् ।
नगरपालिकाभित्रका सबै वडामा आफूले सडक पु¥याउने लक्ष्य लिएको र त्यसका लागि केही वडामा यसै आवमा सडक निर्माण गरिसक्ने र केही वडामा अर्को आवमा सडक निर्माण गरिसक्ने नगरप्रमुख शाहीले बताए । “केही वडामा यो आवमा सडक निर्माण गर्ने लक्ष्य लिइएको छ ।” उनले भने, “केही वडामा अर्को आवमा सडक निर्माण गर्ने लक्ष्य राखेका छौं ।”