पौडेल योजना आयोगको उपाध्यक्ष «

पौडेल योजना आयोगको उपाध्यक्ष

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
युनिभर्सिटी अफ क्यालिफोर्निया (वर्कले)बाट अर्थशास्त्रमा पीएचडी गरेका पौडेल काठमाडौं विश्वविद्यालयमा भिजिटिङ एसोसिएट प्रोफेसरका रूपमा अध्यापनरत छन् । उनले अन्तर्राष्ट्रिय श्रम संगठनलगायतका संस्थामा अर्थविद्का रूपमा काम गरिसकेका छन् । उनीसंगै सरकारले आयोगको सदस्यमा रामकुमार फुयाँल र दिलबहादुर गुरुङलाईसमेत नियुक्ति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्