मञ्जुश्री फाइनान्सको संस्थापक सेयर बिक्रीमा «

मञ्जुश्री फाइनान्सको संस्थापक सेयर बिक्रीमा

मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक समूहअन्र्तगतको १२ हजार ५ सय ८७ कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने जनाइएको छ ।
संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले यही साउन १४ देखि भदौ ८ गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा आफूले लिन चाहेको कित्ता विवरणसहिच बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्