सेन्ट्रल फाइनान्सको सात प्रतिशत बोनस सेयर सूचीकृत «

सेन्ट्रल फाइनान्सको सात प्रतिशत बोनस सेयर सूचीकृत

सेन्ट्रल फाइनान्सले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट आफ्ना सेयरधनीलाई जारी गरेको ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० बराबरको ७ प्रतिशत बोनश सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ । संस्थाले सोही आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ३ प्रतिशत नगद लाभांश पनि वितरण गरिसकेको छ ।
संस्थाको केन्द्रीय कार्यालयसहित १५ वटा शाखा सञ्चालनमा रहेको छ । संस्थाले झापाको बिर्तामोडमा पनि शाखा थप गर्न लागेको छ । संस्थाले ललितपुरको कुपण्डोलमा निर्माण गरेको आफ्नै नयाँ कर्पोरेट भवनबाट यही महिनाबाट वित्तीय कारोबार सञ्चालनको तयारी गरेको जनाएको छ ।
संस्थाले एटीएम, एसएमएस बैंकिङ, कनेक्ट आइपीएस र रेमिटन्स तथा सी आस्वा सेवाहरु प्रदान गर्दै आएको छ । त्यसैगरी संस्थाले चाँडै नै मोबाइल बैंकिङ सेवा पनि सञ्चालनमा ल्याउने जनाएको छ ।
बोनस सेयर वितरण पश्चात् यस संस्थाको चुक्ता पुँजी ८८ करोड १० लाख ३५ हजार ७ सय ९ रहेको छ । संस्थाको निक्षेप ५ अर्ब ५१ करोड ८५ लाख २३ हजार र कर्जा लगानी ४ अर्ब २८ करोड ४६ लाख २९ हजार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्