राकुटेन भाइबरले गीत भएको अडियो स्टिकर प्याक प्रस्तुत गर्ने «

राकुटेन भाइबरले गीत भएको अडियो स्टिकर प्याक प्रस्तुत गर्ने

राकुटेन भाइबरले गायक स्वप्न सुमनको पहिलो स्थानीय अडियो स्टिकर प्याक सुरू गर्न सहकार्य गरेको छ । अडियो स्टिकरहरू भाइबरमा विशेष रूपमा उपलब्ध हुने र यो सबै नेपाली प्रयोगकर्ताहरूको लागि निःशुल्क हुने जनाइएको छ ।
प्याकमा उनको एल्बमको सबैभन्दा लोकप्रिय ट्र्याक र उनको आगामी नयाँ एल्बम ‘प्रतिकृति’को नयाँ गीत ‘एक भन्दा दुई’ को केही अंशहरु सामेल रहेको जनाइएको छ । स्टिकर प्याक डाउनलोडका लागि जुलाई २९, २०२१ मा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्