हुण्डाइको दसैं तिहार अफरका विजेता घोषणा «

हुण्डाइको दसैं तिहार अफरका विजेता घोषणा

हुण्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं तिहारको उपलक्ष्यमा ल्याएको ‘यसपालिको दसैं तिहार वेलकम टु हुण्डाइ परिवार’ अफर अन्तर्गतका बम्पर बिजेताहरुको नाम घोषणा गरेको छ ।
जसमा पहिलो बम्पर लक्की ड्रअन्तर्गत, कुपन नम्बर १४४५ भएका काठमाडौंको मैतिदेवीका श्यामप्रसाद पौडेलले हुण्डाइ जितेका छन् । दोस्रो बम्पर लक्की ड्रअन्तर्गत, कुपन नम्बर १६१७ भएका भरतपुर चितवनका चेतनारायण सापकोटाले हुण्डाइ अउरा (एस) जितेका छन् ।
सो अफर अनुरुप हरेक नयाँ हुण्डाइ गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षका लागि निःशुल्क बिमा त्यसैगरी स्क्रयाच कार्डमार्फत् थप १ लाखसम्मको नगद छुट साथै यस कठिन समयमा स्वास्थकर्मीहरुको समर्पण र अथक सेवालाई ध्यानमा राखी सम्मान स्वरुप विशेष प्याकेज तथा बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्पmत १–१ जना विजेतालाई हुण्डाइ ग्राण्ड आइटेन निओस (म्याग्ना) र हुण्डाइ अउरा (एस) जित्ने मौका थियो । यो योजना गत वर्षको असोज ५ गतेदेखि मंसिर ५ गतेसम्म लागू गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्