टिभिएस एनटर्क रेस ट्युन्ड एफआई सार्वजनिक

टिभिएस एनटर्क रेसको परिर्माजित संस्करण सार्वजनिक भएको छ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले आइतबार भर्चुअल कार्यक्रममार्फत टिभिएस एनटर्क रेस ट्युन्ड एफआई सार्वजनिक गरेको हो ।
एनटर्क सिरिजअन्तर्गतको यो स्कुटरमा बिएस ६ मापदण्डको आरटी एफआई इन्जिन जडान गरिएको छ । कम्पनीले यो एफआई इन्जिनभन्दा राम्रो हुने दाबी गरेको छ । यसमा भएको १२५ सीसी क्षमताको आरटिएफआईले अधिकतम ९.२५ बिएचपी पावर र १०.५ एनएमको टर्क जेनेरेट गर्छ ।
टिभिएस एनटर्क १२५ पूरा डिजिटल स्पिडोमिटरसहित ब्लुटुथ भएको पहिलो स्कुटर हो । जसमा नेभिगेसन असिस्टेन्ट, कलर आइडी, स्पिड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर, सर्भिस रिमाइन्डर, इन्जिन किल स्विच र स्टिल्थ इन्स्पायर्ड स्टाइलिङ, २० लिटर क्षमताको डिकी स्पेस, एलइडी टेल लाइटलगायत विशेषताहरू रहेको कम्पनीले जनाएको छ । यसमा मल्टी राइड स्टाटिक मोड पनि छन् । जसअन्तर्गत स्ट्रिट र स्पोर्ट पर्छन् । त्यस्तै यो नयाँ एनटर्कमा ५.८ लिटरको फ्युल ट्यांक रहेको छ ।
कम्पनीले एनटर्क रेस ट्युन्ड एफआई सार्वजनिक गरेको बताएको छ । यसले ’बेस्ट इन पावरः पिक–अप, पावर, पर्फमेन्स बेटर देन एफआई’ नारासँगै स्कुटर सार्वजनिक गरेको हो । स्कुटर सार्वजनिक गर्न जगदम्बा मोटर्सका उप–सभापति दिपक अग्रवाल, कम्पनीका महाप्रबन्धक दिपक रौनियार र टिभीएस एनटर्क स्कुटरको ब्रान्ड एम्बेसडर अभिनेता प्रदिप खड्का र अभिनेत्री स्वस्तिमा खड्काका उपस्थित थिए ।
टिभिएस एनटर्क रेस ट्युन्ड एफआई सार्वजनिक भएसँगै टिभिएस एनटर्क १२५ पाँच भेरियन्टमा उपलब्ध हुनेछः डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन (बिएस–६ एफआई) र सुपरस्क्वाड एडिसन । यी स्कुटरहरू म्याट रेड, मेटालिक ग्रे, मेटालिक रेड र मेटालिक ब्लु रंगमा उपलब्ध छन् । रेस एडिसन (बिएस–६ एफआई) रातो र कालो, पँहेलो र कालोको मिश्रित रंगमा उपलब्ध हुनेछ भने सुपर स्क्वाड एडिसन कम्ब्याक्ट ब्लु, इन्भिन्सिबल रेड र स्टेलिथ ब्याकमा उपलब्ध छ ।
कम्पनीले नयाँ स्कुटरको सुरुवाती मूल्य २ लाख ७७ हजार ९ सय तोकेको छ । यो भनेको हाल बजारमा उपलब्ध एनटर्क रेसको मूल्यभन्दा १२ हजार महंगो हो । एनटर्क रेसको सुरुवात मूल्य २ लाख ६५ हजार ९ सय तोकिएको छ ।